फेसबुक खाता सधैका लागी कसरि डिलिट गर्ने ?


फेसबुक खाता डिलिट गर्नुपुर्ब जान्नुपर्ने कुराहरु: 


  • आक्रोस, आवेगमा आएर फेसबुक डिलिट गर्न लाग्नु भएको हो भने कृपया कुल डाउन हुने तरिका खोज्नुहोला ।
  • सर्बप्रथम, तपाइको खाता दुइ हप्ता (१४ दिन) को लागि बन्द हुनेछ, त्यस दुइ हप्ताको अबधिपछी भने सदाको लागि बन्द (डिलिट) हुनेछ । त्यो दुइ हप्ताको समयभित्रको समयमा डिलिट गर्न चाहनुभएको खाता Login नगर्नुहोला, अन्यथा डिलिट गर्न गरिएको अनुरोध निस्क्रिय (Cancel) हुनेछ ।
  •  फेसबुक खाता Delete गर्नु र Deactivate गर्नुमा धेरै भिन्नता छ, Deactivate गरिएको खाता जुनैबेला Login गरेपछि स्वत सक्रिय हुनेछ भने Delete भएको खाता पुन: सक्रिय गराउन सकिदैन ।
  •  तपाइको फेसबुकमा भएको सबै Data फेसबुक संग सुरक्षित हुन्छ तर डिलिट गरिसकेपछि त्यो Data तपाइको अधिकार भित्र पर्दैन र अरु बाहिरी मान्छे कसैले पनि हेर्न सक्दैनन् । त्यसैले फेसबुकमा अपलोड गरिएका सबै कुरा मेटिएर जानेछन् भन्दा फरक पर्दैन ।
  • डिलिट गर्नु पुर्ब सबै चाहिने Data (फोटो, भिडियो, पोस्ट..) हरु डाउनलोड गरि सुरक्षित राख्नुहुन सल्लाह दिन्छु ।


 डिलिट गर्ने लिंक:

फेसबुकको खाता डिलिट गर्ने असिसियल लिंक तल [ रातो बटन ] राखिदिएको छु, किल्क गरेपछि फेसबुक डिलिट गर्ने ठाउँमा Redirect हुनुहुन्छ, त्यहाँ तपाइको फेसबुकको अहिलेको Password इन्पुट गर्न सोधिनेछ, पासवर्ड इन्पुट गरेपछि डिलिट हुन् १४ दिन कुर्नुहोला ।

[नोट: १४ दिनभित्र डिलिट गर्न अनुरोध गरिएको खाता login नगर्नुहोला]


* यो माथिको रातो बटनमा click गर्नुहोला l

Share this

Related Posts

Previous
Next Post »