साँच्चै, आफ्नै मान्छे भैदिएको भए..


पुसको महिना घाम ताप्दै बस्नुको मज्जा बेग्लै हुन्छ । काठमाडौं अध्यानको लागी घरबाट पठाएता पनि  पढ्न मन लागिरहेको थिएन । हातमा किताब लिएर घामको मज्जा लुट्दै गर्दा अनायस एउटा घटनामा गएर अड्किन पुगें ।

दशैं सकिएको भोलीपल्ट थियो त्यो । काठमाडौं जाने बसमा यात्रु धेरै भएकाले बस्ने सिट थिएन तर पनि मैले अघिल्लो दिन नै टिकट काटेकाले बसेर जानेमा ढुक्क थिएँ । साईत परोस् भनेर निदारमा आमाले लगाईदिएको रातो टिका अनि मुखमा गुलियो स्वाद भएपनि मनलाई अमिलो बनाउँदै गाडिमा चढे्र ।

मेरो टिकटको सिटमा त्यस्तै १६ बर्ष जतिकी एउटी सुन्दरी बसेकी थिईन् । सिट छाड्नुस् भन्दा उनि अनायासै झगडा गर्न अगाडी बढिन् यो देखेर म पनि झोक्कीएं किनकी त्यस सिटमा बस्न पाउने अधिकार प्राप्त टिकट मेरो हातमा थियो ।


हाम्रो झगडा घम्साघम्सी नै परेछ क्यारे गाउँकै एक काकीले केटा भएर नि के केटी मान्छेसँग झगडा गरेको, छोड्दे भनेपछि म रिसाउँदै बसबाट झरें गनगनाउँदै, यस्ताका अनुहार हेर्दै के जानु साईत पनि पर्दैन ।

एउटा गाउँकै दाईको ट्रक आईपुग्यो र म त्यसैमा सदरमुकामसम्म जाने हेतुले चडें । गाडी गुड्दै गर्दा पनि मैले उनै अपरिचितलाई सम्झिरहें र मनमनले गाली गरिरहें । सम्झें मेरो सारा दिनलाई नै बेकामको बनाईदिई मोरीले ।

एकनासले गाडी गुड्दै थियो भने म पनि आफ्नो गन्तब्यको बाटो छोट्याउँदै थिएँ । मनमा अनेक थरीका तरङहरु उर्लिनुलाई स्वभाविक ठान्दै अघि बड्दै गर्दा अगाडी गएको बस दुर्घटना भएको खबर हावा सँगै आईपुग्यो ।

नराम्रो खबर छिटो आईपुग्छ भनेको साँचै रहेछ । झसँग भएँ, शरिर ढक्क फुलेर आयो अचानक । तिनै युबतीको याद आयो, कतिखेर भेटौं जस्तै लाग्यो । हतार हतार दुर्घटनास्थालमा पुगें, ढिलो भएछ उनि चिर निद्रामा परिसकिछिन् अब कहिलै नब्युँझने गरी ।



केहि समय अगाडी सम्म घोर शत्रु बल्ल पो आफन्त जस्तो लाग्यो मलाई धेरै समयअघिकी प्रेमीका जस्ती । अनायासै अंगाल्न पुगेछु, रोक्दा रोक्दै आँखा रसाईहाले रोएछु पनि । हातभरी उनको आलो रगत लतपत्तीयो । खबर हावा भन्दा छिटो पुगेछ क्यारे घरबाट तारका तार फोन आएको रहेछ थाहा पाएनछु, पछि कल गरे आस मारीसकेछन् मेरो तर भाग्य भनौ या दुर्भाग्य म ज्युँदै थिएँ मेरो साटो एक सुन्दरी गईसकेकी थिईन् परको लोकमा मेरो आवस्यकता पुरा गर्न ।

केहि समयमै उनका आफन्त आईपुगे हावाका झोक्कासरी अनि मात्र थाहा पाएँ, परिवारकी एक्ली छोरी, सबैको आसाको केन्द्रबिन्दु, बिज्ञान संकायकी एक लगनशिल छात्रा अनि सबैकी खुशि मायाले खुश्बु बनेकी खै किन किन मेरी उनि भन्न मन लाग्यो ।

सबैले सोधे को हो तिमी हाम्री खुशीको तर म के भनेर परिचय दिउँ उनिहरुलाई म तपाईकी खुश्बुकोे शत्रु, अब चाहेर पनि उनको मित्र बन्न सक्दिन ।

साथि, ब्वाईफ्रेन, हैन हैन दाई भेला भएकाहरु आ–आफ्नै तरीकाले अड्कल गरिरहेथे हामी बीचको सम्बन्धलाई तर म भने उनको मृत शरीरमा नै बिलिन थिंए र सोच्दै थिएँ खुश्बु यो सिटमा नबसेको भए यतिखेर मेरो मृत शरिर वरपर बसेर मेरो बाबु छोडेर नजाऊ भन्दै रुंदै हुन्थिन होला मेरी आमा अनि मेरी उनी अर्थात खुश्बिु भन्थिन होला, किन हुन्थे पराई आफ्नो साँच्चै आफ्नै मान्छे भईदिएको भए ............................. ।


Share this

Related Posts

Previous
Next Post »