हो, म साइको भए…


दिन उज्यालोतर्फ लम्कियो।
चराको चिरबिर सुनिन आज मैले, खै किन हो दिनले पनि बिहानै बोलाएन आज। दिदिले चिया ल्याइदिनु भएछ… ज्यान तन्काउदै हाइ काटेँ अनि उठेँ, बाताबरण देख्दै रिस उठ्यो, जे जे देखेँ सबै नौटंकी मात्र। बेहोसी पारामै हातमा चिया लिएर एकछिन टोलाए… "किन यस्तो परिस्थिति आज ?" सोच्न/सम्झन खोजेँ, अहँ सकिन। त्यसैले लाग्यो "हिजोसम्म साधारण थिए, हो आज रातारात एक्कासी साइको(पागल) भएछु" ।

चिया पिए, ओछ्यान पट्याउन होसै आएन, लथालिङ्ग छोडेर बाथरुमतर्फ अघि बढेँ, बाथरुम्को 'स्विच अन' गरेँ, बत्ती बलेन। अलिअलि अध्यारो नै थियो तरपनी भित्र छिरेँ। अनि ऐनामा आँखा डुलाए, मेरो जिवनभरका लागि आत्मिय साथी सायद यहि ऐना हो त्यसैले त म रुदा उ कहिल्यै हाँसेन ।



तर आज ऐना हिजोजस्तो थिएन, जुङ्ग्रुङ्ग कपाल, कालो अनुहार अनि कालै आँखा । हेर्दै डडेलोले भेटेको वृक्ष जस्तो~ उजाड, उदास अनि उराठलाग्दो ! खुम्चिएको निधार अनि तन्किएको गाला साथमा निरास आँखा। आँखा अझै ओसिलै थिए, यो अवस्थाले सिधै बताइरहेको थियो… हो म रातभर रोएको थिए !

लामो स्वास लिदै कुरुप अनुहार मस्काउन धारो खोले, समस्या र प्रोबलम एकैचोटी आयो तर पानी आएन। बाल्टिको पानीले काम त चलाएँ, तर टावल भेटिन। चिसै अनुहार लिएर
ओछ्यान फर्किए…

 तन/मन दिएको थिए फेसबुकबाट… ब्लक भेटेँ तर माया फिर्ता भेटिन। अझ भनौं, मुटु एक्लो भएको थिए मेरा! आफ्नो मुटु आफैसँग नभएजस्तो, आफ्नो होस आफैसँग थिएन, किनकी आफैमा एक्लो थिए म। त्यसैले त केही लेख्न मन लाग्यो… कापी भेटेँ, कलम भेटिन। चिन्तित भएर सल्काउन मन भयो… चुरोट भेटेँ, सलाई भेटिन। प्राय: सबै कुराले नौटङ्की मात्र देखायो, "किन ?" किनकी आज म साइको भएको छु।

फ्रेस हुन बाहिरिन खोजेँ, एउटा चप्पल भेटेँ, अर्को भेटिन। भैगो खालिखुट्टै आँगनसम्म निस्के। सुकेको अम्बाको बोट, छेउमा थोत्रो मोटरसाइकल अनि सुकाउन राखिएका फुस्रा लुगाहरु… जस्ले "फ्रेस" भन्दा "फ्रस्टेसन" उब्जायो। अचानक सँगै भोकले आहारा खोज्दै गरेका भगेँरोको जोडि पनि देखेँ… जस्ले बिगत सम्झायो।

आँधीहुरी, पानी अनि असिना, एकैचोटी आयो,
उस्लाई बिर्सन्छु भन्ने कल्पना, खोइ कता पो हरायो।
बिगतको याद आयो, मन थाम्न सकिन…
एक्लो मन रुन थाल्यो, हाँसो भेटिन !
ओछ्यानमा पल्टेर रुनुबाहेक उपाय देखिन !!

डिएम (DM: Direct Message) मार्फत ट्विटर मा भेट भयो, त्यो भेट ट्विटर मा सिमित रहेन…गफैगफमा फेसबुक पुग्यो। प्राय पढाइमै ब्यस्त भएतापनी पढाइको 'ह्याङओभर' मेट्न बेलाबेला मेसेज रिप्लाउन आइपुग्थिन् , अझ त्यो सम्बन्ध फेसबुक हुँदै भाइबर सम्म पुगेको थियो।

पढाइकै लागि घरपरिवार छोडेर अर्काको देशमा पुगेकी उ, पढाइको भर पनि नभाको मान्छे म। उ कता आकाशको जुन, अनि म कता धर्तिको बोझ! त्यसैले होला पछिल्लो चरणमा हाम्रो कुरै मिलेन र त यो अवस्था आयो। छुट्टिने चाहना थिएन "मेरो पढाइमा प्रेसर हुन्छ" भन्ने आसय देखाएपछी मैले नि बोल्ने शब्द भेटिनँ।

मुटुमा आगो लागेको थियो, आँखाभरी आँसु भरिएका थिए, उस्को निरासलाग्दो मेसेजले दिल छियाछिया भएको थियो। उस्लाई नै चिन्ता/प्रेसर नहोस् भनेर म भन्न बाध्य थिए कि "खुशीसाथ छुट्टिउ" भनेर ! आँखाभरी आँसु लिएर हात कमाउदै लेखाइमा खुसी [ :) ] समेट्दै "बाइ बाइ :) " पनि लेख्न बाध्य थिए म ! नछुट्टिने मन थियो, चाहना थियो तर मेरो मात्र भएर नहुदो रैछ।

जे भयो राम्रो भयो, जे हुन्छ राम्रै हुन्छ भन्दै मन बुझाउदै छु म। मलाई थाहा छ, उस्लाई पनि पीडा छ, त्यसैले उनि पनि त्यसै भन्दै छिन्… देखावटी खुशीसाथ छुट्टिएपनि रिस उठेर या त बिर्सन नसकेर, खै किन फेसबुकमा ब्लक गरिन्…पौष २गतेको मेरो बर्थडेमा धुनसहित स्पेसल विस आको थियो उस्को तर दु:खको कुरो गुन तिर्न पाइन मैले, ब्लक नखाइएको त्यही ट्विटर छ, अब त्यतैबाट बर्थडे विस गर्छु सोचेँथे, ट्विटर बायोमा नै "Strictly No DM Plz" लेखिछिन्।

'मुटु', पर्सेको (बलि दिन लागेको) राँगो जसरी रफ्तारमा उफ्रदैछ। लाग्छ… फुत्किन पाए निस्टुरीलाई तानेर ल्याउछ अनि मेरो पागलपन शान्त पार्छ ! तर न उ आफै फुत्किन सक्यो न मैले फुत्काइदिन सकेँ। उस्को उफ्राई केबल "धड्कन"मा मात्र सिमित भयो जस्ले मलाई साइको संसारमा जिउन सहयोग गर्दैछ।

'ऐना' अनि 'एक्लो मुटु' !! मलाई साथदिने यी दुई छन्, ऐना बास्तबमै निर्जिब छ तर मुटु एक्लो छ… र त धड्केर पनि निर्जिव छ।
म सजिव हुँ, तर सजिव भन्दा निर्जिव आत्मिय मान्छु…
सजिवको भर हुदैन त्यसैले निर्जिव भरपर्दो ठान्छु ।
म बुझ्छु, निर्जिव "माया/प्रेम" जान्दैन, त्यसैले त यो बाट दु:ख/धोका पाइदैन।

हो यहि कारणले सजिवदेखी घृणा लाग्छ, त्यसैले सजिवको भिडमा बाँचेर पनि निर्जिब साथी बनाउछु, हावासँग लुकामारी खेल्छु…घर,मन्दिर,ढुङ्गा आदिसँग बोल्छु, एकान्त मन पराउछु… हातमा मैनबत्ती लिएर आगो खोज्दै हिड्छु… त्यसैले अचम्म मलाई सबै साइको भन्छन् …
तर मलाई थाहा छ, उस्कै कारण/व्यबहार बाट म निर्जिवप्रेमी भएँ,
म साइको भएँ।

Share on Google Plus

About Ashwin Thapaliya