मेरो पहिलो प्रेम प्रस्ताव !




+२ सकियो !
सोचेँ, कामबिना यो महङ्गीको खोपिल्टोमा बस्नुको औचित्य छैन ! त्यसैले गाउँको झझल्को आँखामा सजाउदै झोला बोकेर लागेँ माछापोखरी-धादिङबसपार्क, गाउँ जान।

कलंकी हुँदै मलेखु अनि धादिङ्बेशी ~ दिउँसो एक बजे, बस रोकियो करिव ३घण्टाको लगातार दौडाइपछी… खानपिन सकेपछी कच्चिसडकको धुलोसँग लुकामारी खेल्दै अर्को ३घण्टापछी घर पुगेँ । धुलाम्मे शरिरको सफाइ अनि बुबाममी सँगको भलाकुसारी सकिनु पैले दिन सकियो, थकित ज्यान ओछ्यानमाथी पल्टियो…

बिहान सँगै साथिभाई जम्मा भए, सबै सन्चै भएको हालखबर बुझियो। त्यसपछी फेरि कलेज नजोडिएसम्म हल्लिने जीवन सुरु भो…

गैरीखेतको बिचमा रहेको सानो झुपडी


गैरिखेतको बिचमा घर अनि रिटाएर हवल्दार ! यिनै आधारमा "गैरिहल्दार"को नामले बुबा परिचित हुनुहुन्थ्यो…

आफैले आफैलाई चिनाउने कुनै बहादुरी काम गर्या छैन तरपनी साथिहरुले 'आश्विन', गाउँमा 'गैरीहल्दार्को कान्छो छोरो', बुढापाकाले 'लाहुरेको नाति' अनि मामाघराँ 'साहिंली/जिरा को छोरा' भनेर चिन्थे ।

"ठक्कर, दु:ख !" यी त सब चराको नाम जस्तो लाग्थ्यो, त्यसैले होला आजसम्म यो थाप्लोमा नाम्लो परेको छैन, "जन्मेर यत्रो लाठे भैसक्यो अहिलेसम्म ढलेको सिन्को उठाउदैन यल्ले" ममिले बारम्बार भन्नुहुने डाइलग हो यो… "भयो नकरा,सानै छ पछि गरिहाल्छ नि काम" अनि यो बुबाको माया।


बिहानभरी सुत्नु, दिनभरी टिभी हेर्नू/घुम्न जानू अनि आधा रातसम्म साथिभाइहरुसँग रमाइलो गर्दै ट्विटर/फेसबुकमा रम्नु मेरो गाउँ हुदाको दैनिकी थियो।



एक बट्टा चुरोस [ सिदा अर्थमा चुरोट ], जम्बो बोतल छ्याङ ! सँगै लभडाँडामा ५-७ जना, ११-१२बजेसम्म त कहिले एक बजेसम्म हुन्थ्यौं। एक गिलासको हलका रिमरिममा ट्विटर/फेबुक चलाउन मलाई असाध्यै मन पर्थ्यो ।

एकदिन रमरम रमाइलो मा थिए… एउटिले मेरो पेज लाइक गरि, धेरैबेर घोरिएर हेरे अहँ चिनिनँ। फोटो हेर्न नमिल्ने बनाकी रैच त्यसैले फोटै हेर्ने बाहानामा "फ्रेन्ड रिक्वेस्ट" पठाइयो, अनलाइन नै रैछे "एसेप्ट" गरिहाली !

मुग्लिन पुल अगाडी
"हाइ-हेल्लो" बाट सुरु भएको "च्याट" लम्बिन थाल्यो, सामन्य चिनजान पनि भयो, मीठो मीठो गफ गर्न "च्याम्पिन" रैछे… राती १०बजे तिरै "बाइ" भन्थी म निहु थापेर १२ बजे सम्म अनलाइन राखिदिन्थे मीठो गफ सुन्न।

घर बाइपास काठमाण्डौं, पढाइ १२ म्यानेजमेन्ट, उमेर १६ भन्थी, हेर्नमा राम्री देखिन्थी, नाम भन्न जरुरी ठानिनँ… रमाइलो कुरा गर्थी त्यसैले बेलुकाको ८बजे देखि रातिको १२बजेसम्मको समय उस्कै लागि छुट्याइदिए !

दिन सदाझै बित्थ्यो ! रातपरेपछी मिठामिठा गफ सुरु हुन्थ्यो। "यो कस्तो लत होला है, चुरोस को धुवा छेउ मा पर्दा नि बोमिट आउछ तर तिम्रो कुलतमा फसेको थाहा पाइन.." मेरो सकेको सोझो हुने  प्रयासमा कमि आएको थिएन अझ यस्तै सोझोपन अनि साथसाथै अन्ताक्षरी खेलेर रात नै कटाउथ्यौं कहिलेकाही! म पनि गफ ठेलिदिन्थे सकेको, नं १गफाडी हजुर त भनेर उल्टो उसले गफ पेलि हाल्थी, गफकै सुरमा नंबर साटासाट पनि भयो।

"च्याट"मा मात्र होइन फोनमा पनि उस्तै मीठो गफ लाउनमा माहिर थिइ, दिननानुदिन को त्यो फोनले धेरै नजिक बनाइसकेको थियो, बिहेको कुरादेखी भुत भबिश्य सब "प्लान" सुनाउथी त्यसैले होला फोनमा कुरा गरेदेखी फेबुकमा "मिस यु", "किस यु", "लभ यु" साधारण बन्न थालेका थिए, म भेट्ने कुरा गर्थे, उ "आफ्नै मान्छे नि भेट्न पर्छ र मुटुभित्र खोज म त्यही छु" भन्थी…अरु के चाहियो र ? म त उम्लेको पानि बनिहाल्थे ।

मनै त हो… मीठो र मायालु स्वर अनि त्यो भलाकुसारीले मलाई एकोहोरो बनाइसकेको थियो। दिनहुँ सय रुप्पे उसँगै मोबाइमै खर्च हुन्थ्यो । दिउसो फेसबुक खोल्दिन थिए बेलुकालाई चार्ज जोगाउन l

तर एकदिन फेसबुकमा फोटो ट्याग भएको रैछ साथीहरुसंगको... सिदा भन्दा फोटोमा २-४ बटा लोकलको बोतल मात्र होइन मेरो हातमा सानो सेतो बलिरहेको कागजको टुक्रो जस्तो बस्तु पनि थियो l  "खै कताबाट चिनिछ त्यो चुरोस नै हो भनेर…अचानक भनी "मलाई चुरोस खाने मान्छे मन पर्दैन ! कतिदिन ढाटेर राख्न सक्छौ हँ ? कति Trust गरेको के मैले तिम्लाई है ? भयो अव देखि बोल्न पर्दैन".. लौ बर्बाद  ! कुरा छल्न मैले नि जोक गर्दिए "बरु तिम्लाइ छोड्न सक्छु तर चुरोस नसम्भव :p☺" जोक सिदा बुझिछ "यु हर्ट मि… आइ एम नथिङ फर यु" भन्दै रिसाइ, सकेको फकाए, सम्झाए… तर अहँ मेरो सम्झाइको नै उल्टो अर्थ लगाएर अफलाइन हिडि !

दिन २, दिन ५ , हुँदै हप्ता पुग्यो, फोन अफ गरेर बेपत्ता भइन्, १६औ दिन बेलुका बल्ल टुप्लुक्क अनलाइन ! मन फेरेर आएजस्तो, जे कुरा गर्दा नि उ म प्रती तर्किन थाली… बिस्तारै पर हुन थाली। फोन गर्दा फोन नउठाउने बल्लै उठ्यो भने "अल्छी लाग्यो","मलाइ तिमि संग बोल्न मन छैन" जस्ता कुरा संगै फोन काटिदिने गर्न थाली ! "मेसेज" हेरेर छोडिदिने… रातभर हुने "च्याट १०-१५मिनेटमा सिमित हुन थाल्यो त्यै नि कहिलेकाही मात्र !

भ्यालेन्टाईन आउदै थियो, प्रपोज डे को दिन हो.. अव गल्ति त भै नै हाल्यो अव यस्तै पाराले हाम्रो सम्बन्ध बन्ने भन्दा बढी बिग्रन्छ, त्यसैले यो बिग्रेको सम्बन्ध छिटोभन्दा छिटो सुधार्नुपर्छ ठानेर चुरोस छोडिदिने बाचासहित "प्रेम प्रस्ताव राख्ने" हतार निर्णय गरेँ…

 "डिअर पुन्टि :P !,
तिम्रो लागि म अपरिचित अनि मेरो लागि तिमी… तर हामिले भेटबिना पनि एक अर्कालाई लाग्छ चिनिसकेका छौ। च्याटमा त छदैछौ अझ फोनमा समेत तिम्रो बोलिमा परिचित हुन पाउँदा लाग्यो तिमी मेरि हौ, म तिम्रो हुँ We are 'Made for Each other'.
 तिमीलाई के हुन्छ त भन्न सक्दिन तर मैले तिमिलाई every second, every moment, every time.. मिस गरेँ त भन्दिन तर नसम्झेको पल सायद कमै होला।
तिम्रो खुसी नै मेरो खुसी हो झै लाग्छ त्यसैले तिमिलाई खुसी पार्नु मेरो कर्तब्य ठानी आजदेखी एकचोटिमा एउटा खिल्ली जलाउने चुरोस एकैचोटी बट्टै जलाइदिए। अब धूम्रपान गर्ने त परको कुरा फर्केर पनि हेर्दिन… यो मेरो बाचा भयो !
तर तिमिले मेरो मेसेज हेरेर मात्र छोड्दा, रिप्ले आउन ढिलो हुदा, फोन उठाउन अल्छी लाग्छ भन्दा लाग्छ मेरो कारणले तिमि सार्है नै हर्ट भएकी छौ तर सोच त, तिम्रो जस्तै मेरो पनि जीवन छ, अनि मैले पनि जीवन बिताउने सपना देखेको छु। हाम्रो सम्बन्धमै आच आउने त्यो नाथे चुरोस पनि छोड्न नसक्ने नामर्द त होइन नि म l
यसरि हाम्रो सम्बन्ध राम्रो हुदैन पुन्टु,मैले जस्तै मेरोलागि पनि तिम्रो दिलमा अलिकती ठाउँ राख, दिनमा २मिनेट टाइम मेरोलागी खर्च गरिदेउ, मेसेज रिप्ले गर्ने गर । फोनमा एकछिन बोल्दैमा हामी सानो हुने त हैन क्यारे :) !
मेरो एक्कासी लामो मेसेज आउदा पढ्न झ्याउ लाग्यो होला, तर बिचरा बुबुरो म, जानी नजानी गरेको गल्तिलाइ त सुधार्न सकिन्छ नि होउ.. अझै तिमि त झनै बुझक्की मान्छे, यो सानो गल्तिलाइ सुधार्न देउ यार जीवन जिउनु त अझै धेरै छ नि l उसै त म तिम्रो त्यो मिठो मायाको अभावमा पागलनै जस्तो भैसके.. बिर्सिदेउ यी सब, आज प्रोपोज डे पुन्टु, मनदेखी भन्दैछु 'आइ रियल्ली लभ यु डियर' ।
सोचेर रिप्ले देउ ल...." 

हो यो मैले 'प्रेम प्रस्ताव सहित पठाएको मेसेज'को कुनै कुनै अंश थियो, अन्तिममा लेखेको थिएँ "सोचेर रिप्ले देउ ल" भनेर… हो उ अहिलेसम्म पनि सोचिरहेकी छे, म उसैलाई बिर्सन बाचा तोडेर चुरोसको साथमा मृत्युलाइ काखमा राखी रमाउदै  छु… मेरै दुनिया मा !

Share on Google Plus

About Ashwin Thapaliya